शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालनमा
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ ।बैंकले फागुन ९ गते देखि उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो ।