महालक्ष्मी विकास बैंकको सहयोगमा पोखराको शिशुवा बजारमा सीसी क्यामेरा जडान
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा म.न.पा. ३० स्थित शिशुवा बजार क्षेत्रलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरेको छ । महालक्ष्मी विकास वैंक लिमीटेड शिशुवा शाखाको अगुवाईमा उक्त कार्य सम्पन्न भएको हो ।