कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंक बीच बैंकले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनी” मा प्रदान गरेको कर्जाको कोषले सुरक्षण गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

