एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच छुट प्रदान गर्ने सम्झौता
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रालि., धनगढी कैलाली बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यससँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

