नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । गत फागुन ५ गतेदेखि भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (जोखिम, अनुपालन र एसएआरजी), आलोक कुमार चौधरीको ४ दिने नेपाल भ्रमणको अवसर पारेर बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वृषारोपण कार्यक्रम आयोजना गरेको हो ।

