नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम
काठमाण्डौ । एशियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले ‘एशियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने अनुमान गरेको एडीबीले सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । एडीबीले गरेको...

