भत्कियो सत्ता गठबन्धनः मन्त्रीमण्डल पुनर्गठन आजै, अर्थमन्त्रीमा को ?
काठमाण्डौ । अन्ततः कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन भत्किएको छ । योसँगै एमाले र माओवादीसहितको नयाँ सत्ता गठबन्धन बन्ने पक्का भएको छ । हिजो बिहानदेखि चलिरहेको दौडधूप र छलफलले राति अबेर नयाँ समीकरण बनाउने सहमति गरेको थियो । सोहीअनुसार आजै सत्ता गठबन्धन टुट्ने र सानो आकारको मन्त्रीमण्डल बन्ने भएको हो ।

