एलन मस्कको एआई कम्पनीको मूल्य २४ बिलियन डलर पुग्यो, भित्रियो थप ६ बिलियन डलर लगानी
काठमाण्डौ । एलन मस्कले स्थापना गरेको एआई कम्पनी,‘एक्सएआई’२४ बिलियन डलर मूल्यबराबरको कम्पनी बनेको छ । कम्पनीले लगानीकर्ताबाट थप ६ बिलियन डलर लगानी जुटाएसँगै कम्पनीको मूल्य २४ बिलियन डलर पुगेको हो । सेक्वाईया क्यापिटल,आन्द्रीसेन होरोविथ्ज र साउदी राजकुमार अवालिद बिन तलालले आइतबार कम्पनीलाई दोस्रो चरणको फण्डिङ उपलब्ध गराउने घोषणा गरेका छन् । मस्कले एक्सएआईलाई गत...

