क्यान महासंघमा पहिलो महिला अध्यक्ष, सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाण्डौ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ(क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पुस १३ गते शनिबार सम्पन्न महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । योसँगै क्यान महासंघले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ ।...