हिमालयन रि र नेपाल रि का सेयरधनीले सर्वाधिक कमाए, रिलायबल नेपालसहित १० बीमा कम्पनीको सेयरभाउ घट्यो
काठमाण्डौ । साता तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।