चुक्तापूँजी वृद्धि नहुँदा एलआइसी नेपालको सेयर बजारमा लगानी बढ्न सकेन, प्राथमिकतामा वाणिज्य बैंक
काठमाण्डौ । हकप्रद निष्कासनको तयारीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सेयरबजारमा साढे एक अर्ब लगानी गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ लगानी गरेको हो । यो लगानी गत आवको सोही अवधिसम्मको तुलनामा ४.०२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म...

