मंगलवार, असार ३,२०८२ 07:41:21
  • मंगलवार, असार ३,२०८२ 07:41:21
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ११.२४% ले बढ्यो, नेशनल लाइफको सर्वाधिक वृद्धि

Hyundai Nepal
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ११.२४% ले बढ्यो, नेशनल लाइफको सर्वाधिक वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सुधार देखिएको छ । साउन महिनामा १४ जीवन बीमकहरुले २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।  

यो व्यवसाय गत आवको तुलनामा ११.२४ प्रतिशतले बढी हो । गत आवको साउन महिनामा जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत २ अर्ब २९ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साउन महिनामा ५ वटा बीमा कम्पनीको मात्रै प्रथम बीमाशुल्क आर्जन गत आवको तुलनामा घटेको देखिएको छ भने बाँकी सबै कम्पनीले नयाँ व्यवसाय बृद्धि गरेका छन् ।  

चालु आवको पहिलो महिनामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६४ करोड ६६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।  

त्यस्तै, दोस्रोमा नेशनल लाइफले ४१ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ भने तेस्रोमा हिमालयन लाइफ इन्स्योरेन्सले २७ करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  

यसका साथै एलआइसी नेपालले २० करोड २ लाख, सुर्यज्योति लाइफले १९ करोड ९१ लाख, एशियन लाइफले १० करोड ७२ लाख, मेट लाइफले १० करोड ७० लाख, रिलायबल नेपाल लाइफले ८ करोड ९६ लाख, आइएमई लाइफले ८ करोड ३२ लाख, सानिमा रिलायन्स लाइफले ७ करोड ९८ लाख, प्रभु महालक्ष्मी लाइफले ७ करोड ७६ लाख, सन नेपाल लाइफले ४ करोड ४९ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ६२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  

कुनले कति बढाए नयाँ व्यवसाय ?  

गत आवको साउन महिनाको तुलनामा ५ वटा बीमा कम्पनीको नयाँ व्यवसाय घटेको छ भने ८ वटा कम्पनीको व्यवसाय बृद्धि भएको छ ।  

नयाँ व्यवसाय सर्वाधिक बढाउनेमा नेशनल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले ६९.६९ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ ।  

त्यस्तै, हिमालयन लाइफले ३३.६२ प्रतिशत, सिटिजन लाइफले ३०.९२ प्रतिशत, एलआइसी नेपालले १९।१० प्रतिशत, मेट लाइफले १७।०५ प्रतिशत, नेपाल लाइफले १४.८३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले १२.७७ प्रतिशत, एशियन लाइफले ३.६० प्रतिशत र सुर्यज्योति लाइफले १.५४ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ ।  

साथै सर्वाधिक नयाँ व्यवसाय घट्नेमा भने सन नेपाल लाइफ रहेको छ । कम्पनीको प्रथम बीमा शुल्क आर्जन अघिल्लो आवको तुलनामा ५५.०२ प्रतिशतले घटेको छ ।  

त्यस्तै, आइएमई लाइफको ४०.८७ प्रतिशत, सानिमा रिलायन्स लाइफको २९.५६ प्रतिशत, रिलायबल नेपाल लाइफको १८.२९ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको १७.१४ प्रतिशतले नयाँ व्यवसाय घटेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.