लिबर्टी माइक्रो लाइफले ल्यायो सस्तो बीमाशुल्क भएको ‘सुरक्षित बाल भविष्य योजना’, यस्ता छन् विशेषता
काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबालिका लक्षित नयाँ बीमालेख ‘सुरक्षित बाल भविष्य योजना’ ल्याएको छ । कम्पनीले यो योजना गत १७ गतेदेखि बिक्रि सुरु गरेको हो । यस बीमालेखअन्तर्गत १ महीनादेखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाह÷ब्रतबन्ध जस्ता सामाजिक कार्य वा...

