खानी खोला हाइड्रोपावरले कहिलेदेखि बिक्री गर्दैछ साढे ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर ?
काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साढे ४ लाख लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले कात्तिक १२ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ...

