नेपाली बजारमा आज घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला २ हजारभन्दा बढीले बढेको सुनको मूल्यमा आज भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । यो गिरावटपश्चात छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो दिन तेजावी सुनको मूल्य पनि १ हजार ३ सय...