सुनको मूल्य एकैदिन प्रतिऔंस ३० डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतिऔंस ४६ डलरले घटेको सुनको मूल्य आज भने बढेको हो । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.३३ प्रतिशत अर्थात ३०.५४ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिअँैंस २ हजार ३२०.९९ डलर कायम भएको छ । आज चाँदीको मूल्य पनि १.१९ प्रतिशत अर्थात ०.३१ डलरले बढ्दै प्रतिऔंस...