बजारमा चल्दैछ कित्ता खोस्ने रोचक खेल, सानालाई अत्याउँदै झोली भर्दैछन् ठूला
काठमाण्डौ । मंगलबार बजार खुलेदेखि नै रोचक परिदृश्यहरु देखिएका छन् । चुनावअघिसम्म राजनीतिक अनिश्चितताको भविष्यवाणी गर्दै आक्रामक ढंगले सेयर खरीद नगरेका ठूला तथा संस्थागत लगानीकर्ताहरुले मंगलबार बजार खुलेदेखि नै साधारण लगानीकर्तालाई अत्याउने खेल सुरु गरेका देखिएको छ ।

