सुनको मूल्यमा भारी उछाल, एकैदिन रु. ८१०० बढ्यो
काठमाण्डौ । नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सर्वाधिक दर हो। सोमबार मात्र सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो। यसरी २४ घण्टामै सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले उक्लिएको हो।