सुनको मूल्यमा उछाल, एकैदिन ५३ डलरले बढ्यो
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ५३ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ३ हजार ५३२ डलर कायम भएको छ । कारोबारको क्रममा सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिऔंस ३ हजार ५४६ डलरसम्म पुगेको थियो ।

