सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आइतबारको कारोबारमा सुनको मूल्य १६ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

