धनाढ्यहरुको सुन भण्डारण गर्ने थलो बन्दै सिंगापुर, ४ महिनामा ८८% ले बढ्यो
काठमाण्डौ । बढ्दो अनिश्चितता र भूराजनीतिक तनावका कारण यतिबेला विश्वभरका धनाढ्यहरु सुनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागेका छन् । यस्तोमा अधिकांश धनाढ्यको आकर्षणको गन्तव्य बनेको छ सिंगापुर । विमानस्थलबाट नजिकै रहेको ट तल्ले भवनमा कडा सुरक्षाका बीच सुन भण्डारण केन्द्र रहेको छ । स्टिलको ढोका पछाडी १.५ बिलियन डलरबराबरको सन तथा चाँदीको भण्डारण रहेको छ ।