सुनको मूल्य आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य आजपनि बढेको छ । अघिल्लो दिन २७ सय रुपैयाँले बढेको सुनको भाउ आजपनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । यससँगै सुनको कारोबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ २ लाख ९९ हजार २ सय रुपैयाँ कायम थियो ।

