रु.१० लाख बढीको सुनको गहना खरिद गर्नेलाई विलाशिता कर, विदेशबाट ल्याउँदा अतिरिक्त शुल्क तिर्नुपर्ने
काठमाण्डौ । सरकारले १० लाख रुपैयाँभन्दा बढी मूल्यका गरगहना वा हिरा मोती जडित गहनामा २ प्रतिशत विलाशिता कर लगाउने भएको छ । सरकारले आज जारी गरेको आर्थिक विधेयकमा यस्तो व्यवस्था गरेको हो । यस्तै सरकारले विदेशबाट १ सय ग्रामभन्दा बढी सुनका गरगहना ल्याउँदा अतिरिक्त ३ प्रतिशत भन्सार शुल्कको व्यवस्था गरेको छ । विदेशबाट फर्कदा नेपाली पुरुष नागरिकले २५ ग्राम र महिलाले ५० ग्राम सुन...