बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई १/१ लाख प्रदान गर्ने महासंघको निर्णय
काठमाण्डौ । गत असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गरेको छ । महासंघ विपदमा ज्यान गुमाउनुहुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट समेत गरेको छ । महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना पनि गरेको...