म्याद गुज्रिएको सयौँ किलो भटमास र चिउरा नष्ट
काठमाण्डौ । काठमाण्डौको नयाँबजारस्थित एक पसलबाट ठूलो परिमाणमा म्याद नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाण्डौको संयुक्त टोलीले गरेको निरीक्षणका क्रममा प्रिन्स स्टोरबाट म्याद नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरेको हो ।

