डिल्लीबजारमा सेनाद्वारा हवाई फायर, कैदीबन्दीको लफडाले अवस्था तनावग्रस्त
काठमाण्डौ । डिल्लीबजारको चारखालमा रहेको कारागार क्षेत्र तनावग्रस्त बनेको छ । त्यहाँका कैदीबन्दीले आफूहरुलाई पनि छाड्नुपर्ने माग गर्दै कारागारभित्रै नाराबाजीसहित आगजनी गरेका थिए । उनीहरु तोडफोडमा समेत उत्रिएर अवस्था तनावपूर्ण बनाएपछि नेपाली सेनाको सहयोगमा उनीहरुलाई त्यहाँबाट स्थानान्तरण गर्न खोजिएको थियो ।

