इजरायल–इरान युद्धका कारण कच्चा तेलको मूल्यमा ४% को उछाल, नेपालजस्तो अर्थतन्त्रमा पर्नसक्छ प्रभाव
काठमाण्डौ । इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि कच्चा तेलको मूल्य ४ प्रतिशतले बढेको छ । जसका कारण तेल आपूर्ति प्रभावित हुनसक्छ । विज्ञहरूले तेलको मूल्य बढिरहने हो भने यो भारतीय अर्थतन्त्र र भारतबाट तेल आयात गर्ने नेपाली अर्थतन्त्रका लागि समेत ठूलो समस्या हुनसक्ने बताएका छन् ।