सोमबार रातिदेखि मौसम सफा हुने, आइतबार ७ जिल्ला रेड जोनमा
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले असोज २० गते सोमबारसम्मको मौसम सम्बन्धी पूर्वानुमानको अपडेट केहीबेरअघि सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज(शनिवार) राति कोशी, बागमति र मधेश प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमति प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरु र गण्डकी प्रदेशका तराई र पहाड, लुम्बिनी प्रदेशका तराई भूभागका थोरै...

