इन्धन महँगिएपछि फेरि भाडा बढ्ने तयारी: दुई सातामै नयाँ प्रस्ताव, सर्वसाधारण थप मारमा पर्ने संकेत
काठमाण्डौ । बजारमा चर्किँदो महँगी र इन्धन मूल्यको लगातार वृद्धिबीच सरकारले सार्वजनिक सवारी साधनको भाडा पुनः बढाउने तयारी अघि बढाएको छ। वैज्ञानिक प्रणालीअनुसार भाडा समायोजन गरिएको दुई सातामै फेरि भाडा बढाउने प्रस्ताव अघि आएपछि सर्वसाधारणमाथि थप आर्थिक भार पर्ने संकेत देखिएको छ।

