स्वार्थको रोटी सेक्नेलाई अर्थमन्त्रीको सन्देश- 'हामी नियामकको काममा हस्तक्षेप गर्दैनौं'
काठमाण्डौ । अर्थ तथा निजामति प्रशासनलाई नजिकबाट बुझेका अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले मन्त्रालयमातहतका नियामक निकायहरुले गर्ने काममा आफूहरुले हस्तक्षेप नगर्ने स्पष्ट सन्देश दिएका छन् । उनी अर्थमन्त्री भएपछि विभिन्न समयमा भेट्न गएका वा आफूसँग नियमित छलफलमै रहेका नियामक निकायका प्रमुखहरुसँगको कुराकानीमा उनले यस्तो स्पष्ट सन्देश दिएका हुन् ।

