पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टितेलको घट्यो
काठमाण्डौ । पेट्रोलको मूल्य पुनः बढेको छ । आज मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य १ रुपैयाँले बढाएको छ भने डिजल मट्टितेलको मूल्य भने घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ४ रुपैयाँले घटेको छ भने पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेको छ ।