हरियो लसुनको मूल्य ८१% ले बढ्यो, कुन तरकारीको भाउ कति ?
काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज अधिकांश तरकारीको मूल्य घटेको छ । आज हरियो लसुनको मूल्य भने सर्वाधिक बढेको छ । आज हरियो लसुनको औषत मूल्य ८१ प्रतिशतले बढेको छ । हरियो लसुनको औसत प्रतिकेजी मूल्य ३२६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको औसत प्रतिकेजी मूल्य १८० रुपैयाँ थियो ।