मेयर बालेन शाहद्वारा राष्ट्रपतिसमक्ष अविलम्ब संसद् विघटन र अन्तरिम सरकार गठनको प्रस्ताव
काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तत्काल संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्न प्रस्ताव राखेका छन्।
TRENDING
काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तत्काल संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्न प्रस्ताव राखेका छन्।
काठमाण्डौ । नेपालमा युवा पुस्ता (जेनजी) ले नेतृत्व गरेको आन्दोलनले देशलाई राजनीतिक संकटमा धकेलेको छ। सामाजिक सञ्जालहरूमा लगाइएको प्रतिबन्धबाट सुरु भएको यो आन्दोलनले भ्रष्टाचार विरोधी अभियान, रोजगारीका अवसरहरू र प्रणालीगत सुधारका मागहरूसँग जोडिएपछि हिंसात्मक रूप धारण गरेको छ। यसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा निम्त्याएको छ भने सेनाको तैनाथी भएको छ।...
काठमाण्डौ । नेपाली सेनाले नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाण्डौ उपत्यकामा शुक्रबार बिहानसम्मका लाग कफ्र्यू आदेश जारी गरेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा र कफ्र्यू आदेशको समय लम्बयाएको हो ।
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि समर्थन गरेका छन् ।बालेनको सचिवालयका एक सदस्यले बिजशालासँग कुरा गर्दै जेन जीहरुबाट बालेनले अन्तरिम सरकारको नेतृत्व गर्नुपर्ने माग आए पनि बालेनले भने सुशीला कार्कीलाई समर्थन गरेका हुन् ।
काठमाण्डौ । नेपाली सेनाको जंगीअड्डामा आफूलाई प्रधानमन्त्री बनाइदिन माग गर्दै जानेहरुको बुधबार लर्को नै चल्यो । यो लर्कोमा महावीर पुन, दुर्गा प्रसाईदेखि हर्क साम्पांगसम्म देखिए । दिनभरजसो सैनिक नेतृत्व अब बन्ने अन्तरिम सरकार प्रमुखको खोजीका लागि विभिन्न समूहसँग वार्तामा व्यस्त रह्यो ।
काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् । प्रधान सेनापति अशोक सिग्देलसँग आज दिउँसो भेट गरेको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले बालेन शाह वा सुशीला कार्कीमध्ये जो नेतृत्व गर्न तयार भए पनि आफूलाई त्यो स्वीकार हुने, तर उनीहरु तयार नभए देशलाई निकास दिन आफू नेतृत्वका लागि तयार रहेको बताएका हुन् ।
काठमाण्डौ ।धादिङ जिल्ला कारागारमा कैदीबन्दीहरूले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको छ।गोली लागेर दुई कैदीबन्दीको ज्यान गएको छ।
काठमाण्डौ । सागर ढकालले जेनजी समूहलाई कोही नभए मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कुनैपनि पदका आशा नराख्ने समेत बताएका छन् ।
काठमाण्डौ । जेनजीको भर्चुअल बैठकमा सहभागीहरुले अन्तरिम सरकारको सम्भावित प्रधानमन्त्रीको रुपमा चर्चा गरिएका बालेन शाहले कैयौ पटक फोन गर्दा पनि रेसपोन्स नगरेको गुनासो गरेका छन् । जेनजीको भर्चुअल बैठकको संक्षिप्त माइन्यूट सार्वजनिक भएको हो । जसमा भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहको धारणा बुझ्न पटक पटक कल गर्दा पनि उनले फोन रेसपोन्स नगरेका दाबी गरिएको छ ।
काठमाण्डौ । कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै भदौ २८ र २९ गते सञ्चालन हुने मौका परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
काठमाण्डौ । सुन्धारास्थिति केन्द्रीय कारागारबाट पूर्व उप–प्रधान तथा पूर्वउर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी सुन्धारा कारागारबाट भागेका हुन् । कारागारमा रहेका ३८ सय कैदीमा ३३ सय भन्दा बढी कैदी बुधबार फरार भएका छन्, जसमा रायमाझी पनि फरार भएका हुन् ।
काठमाण्डौ । मंगलबार कालिमाटीमा प्रहरीले चलाएको गोली लागेका एक व्यक्तिको निधन भएको हो । मृत्यु हुनेमा उदयपुरका ३० वर्षीय देवकुमार सुवेदी रहेका छन् । उपचारको क्रममा उनको आज अस्पतलामा निधन भएको हो ।
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । जेनजी आन्दोलनपश्चात बन्द रहेको त्रिभुवन विमानस्थल आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले सुचारु गर्ने निर्णय गरेको हो ।विमानस्थलबाट हिजोबाट उडानहरु बन्द गरिएको थियो ।
काठमाण्डौ । जेनजी प्रतिनिधिहरु नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका छन् । जेनजी समूहका १५÷१६ जनाको समूह आज सेनाको मुख्यालयमा पुगेको हो । भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार र मंगलबार सडक तताएका जेनजी समूहलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । सोही क्रममा आज जेनजी समूहका युवाहरु सैनिक मुख्यालयमा गएका हुन्े ।...
काठमाण्डौ । काठमाण्डौ विश्वकै दोस्रो प्रदुषित शहरको सूचीमा परेको छ । जेनजीको आन्दोलनको क्रममा भएको आगजनीबाट उत्सर्जित धुवाँ धुलोका कारण काठमाण्डौ आज विश्वकै दोस्रो प्रदुषित शहर बनेको हो ।
काठमाण्डौ । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन्।
काठमाण्डौ । नेपाली सेनाले जेनजीको आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
काठमाण्डौ । ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा मंगलबार आगजनी भएको छ। सोही घटनामा एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ।
काठमाण्डौ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि पूर्णरूपमा बन्द भएको छ। विमानस्थल कार्यालयले अर्को सूचना नआएसम्म उडान सेवा सुचारु नहुने स्पष्ट पारेको छ।
कठमाण्डौ । नेपाली सेनाले डिल्लीबजार कारागार आगो लगाएर भाग्न खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिएर फर्काएको छ । कारागार तोडफोड गर्दै आगजनी गरेपछि आ आफ्नो झोलासहित भागेका कैदीबन्दीलाई सेनाले समयमै नियन्त्रणमा लिएर पुनः कारागार नै फर्काएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.