हालसम्म कहाँबाट कति भागे कैदीबन्दी ? बढ्यो सुरक्षा चुनौति
काठमाण्डौ । देशभरका कारागारहरूबाट कैदीबन्दीहरू ठूलो संख्यामा फरार भएका छन्, जसले सुरक्षा चुनौतीलाई थप जटिल बनाएको छ। कारागार व्यवस्थापन विभागका अनुसार, देशभर करिब ३०,००० कैदीबन्दी थिए, तर हाल कति फरार भए भन्ने यकिन तथ्यांक उपलब्ध छैन। यो अभूतपूर्व घटनाले समाजमा असुरक्षा र दण्डहीनताको जोखिम बढाएको छ।

