सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदीमा पनि अलटाइम हाई
काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य फेरि अलटाईम हाईको उचाईमा पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६५ हजार ९०० को अलटाईम हाईमा पुगेको हो । सोमबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँको उचाई कायम गरेको थियो ।