सीआईबीको चेतावनी: लुटिएका सामान खरिद-बिक्री गरे कानुनी कारबाही
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हालै भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा लुटिएका सामग्रीहरू खरिद वा बिक्री नगर्न सर्वसाधारणलाई सचेत गराएको छ। ब्यूरोले चेतावनी दिँदै चोरी वा लुटिएका सामान किन्ने, बेच्ने वा लुकाउनेलाई कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

