जेनजी प्रदर्शनको खबर अन्तर्राष्ट्रिय मिडियामा प्राथमिकताका साथ प्रकाशित
काठमाण्डौ । राजधानी काठमाण्डौमा जेन–जी पुस्ताले गरेको विरोध प्रदर्शनको अन्तर्राष्ट्रिय मिडियामा चर्चा भएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाले आज भएको उक्त प्रदर्शनलाई प्राथमिकता दिदै समाचार सम्प्रेषण गरेका छन् । समाचार एजेन्सी एपीले सरकारले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गरेसँगै हजारौं युवाले संसद भवन घेरेर आन्दोलन गरेको लेखेको छ ।

