उर्जा विकास मार्गचित्र मन्त्रिपरिषद्बाट स्वीकृत, सन् २०३५ सम्म २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने बाटो खुला
TRENDING
काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड (आरएनपी(एआर) प्रणाली लागू हुने भएको छ । भिजिबिलिटीको समस्या समाधान गर्न माघ १० देखि लागू हुने छ । हाल यो प्रणाली लागू हुने अन्तिम चरणमा रहेको छ । यसअघि लागू गर्ने भनिएको आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम) प्रणालीलाई भारतले अनुमति नदिएपछि भू–उपग्रहमा...
काठमाण्डौ । आज हरियो खुर्सानी(बुलेट)को मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो खुर्सानी(बुलेट)को मूल्य ४६ प्रतिशतले बढेको हो । यससँगै हरियो खुर्सानी(बुलेट)को औषत प्रतिकेजी मूल्य ९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ६५ रुपैयाँ थियो ।
काठमाण्डौ । सन् २०२४ विश्वका धनाढ्यका लागि विशेष रह्यो । यो वर्ष धेरैजसो धनाढ्यको सम्पत्तिमा वृद्धि देखिएको छ । यो वर्ष अमेरिकी सेयर बजार एस एण्ड पी५०० २५ प्रतिशतले बढ्यो । यस्तै नास्डक पनि यो वर्ष ३३ प्रतिशतले बढ्यो । यी बजारमा सूचीकृत कम्पनीका मालिकहरुले यो वर्ष राम्रो आर्जन गरेका छन् । ब्लूमबर्ग बिलिनियर्स इ्रन्डेक्सका अनुसार यो वर्ष सबैभन्दा धेरै सम्पत्ति बढेका...
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी छन् ।
काठमाण्डौ । आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्यरुपमा मनाउँदै छन्। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागतका रुपमा ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा धुमधामका साथ तमु ल्होसार मनाइने गरिन्छ ।
काठमाण्डौ । कांग्रेस–एमाले गठबन्धन सरकार ढल्ने ‘बेमौसमी बाजा’ फेरि बजाउन थालिएको छ । कांग्रेसभित्रको केही असन्तुष्ट नेता र पक्षहरुको गतिविधिलाई आधार बनाएर केपी ओली नेतृत्वको सरकार ढल्नै लागेको भन्दै बजारमा हल्ला व्यापक बनाइएको छ । यसैको बाहानामा ठूला खेलाडीहरुले सेयर बजारमा सर्वसाधारणलाई तर्साएर सस्तोमै राम्रा कम्पनीको कित्ता खोसिरहेका छन् । अनि सर्वसाधारण...
काठमाण्डौ । नेपाल विज्ञापन संघले आज विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगाएत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई दुई वटा विशेष कार्यक्रमसहित आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।राजधानीको ताहाचलस्थित होटल हायात प्लेसमा बिहान पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितीका तर्फबाट संघका महासचिब तथा कोषाध्यक्षबाट प्रस्तुत...
काठमाण्डौ । अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले मूल्य बर्ढासँगै अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको हो । संघले शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) ३ हजार ६०० रुपैयाँ र मझौलाको ३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । योसँगै नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ पर्न आउँछ। यससँगै खुद्रा उपभोक्ता...
काठमाण्डौ । आज मटरकोशाको मूल्य ४२ प्रतिशतले वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज मटरकोशाको औषत प्रतिकेजी मूल्य १३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत मूल्य ९५ रुपैयाँ थियो ।
काठमाण्डौ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको बिहीबार निधन भएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । मनमोहन सिंहको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान अर्थात एम्समा भर्ना गरिएको थियो ।मनमोहन सिंह दुई पटक भारतको प्रधानमन्त्री भएका थिए । उनी २२ मे २००४ देखि देखि द्दट मे २०१४ सम्म भारतको प्रधानमन्त्रीको रुपमा रहेका थिए ।...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’को आयोजना गर्ने भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा माघ १७ देखि २१ गतेसम्म ५ दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो २०२५ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति...
काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाण्डौमा सम्पन्न संघको ४४ औं वार्षिक साधारण सभाबाट आगामी कार्यकालका लागि अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिल कुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा गौरव शारदा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएका छन्...
काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ । हाल आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्विनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो ।निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ ।
काठमाण्डौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आशिंक रुपमा बिजुली उत्पादन सुरु भएको छ । गत असोजमा आएको बाढी तथा पहिरोका कारण बन्द भएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ४५६ मेगावाटको यो आयोजनाबाट मंगलबार साँझदेखि पुनः बिजुली उत्पादन सुरु भएको हो । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाको आंशिक मर्मतसम्भार पछि सञ्चालन...
काठमाण्डौ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे मनाउँदैछ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर २५ मा क्रिसमस डे मनाइने गरिन्छ । येशु ख्रीष्टको जन्म आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा भएको थियो । क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् । आजका दिन...
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त सभा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष,एनसीएचलका पूर्व अध्यक्षहरु तथा निवर्तमान सञ्चालकहरु, वर्तमान अध्यक्षहरु र...
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् ।आज तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिंदै १० अर्व पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव...
काठमाण्डौ । मंसिर मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आवको ५ महिनामा सरकारी ऋणको आकार ५८ अर्ब ३१ करोड रुपैयाँले वृद्धि भएको छ । गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब...
काठमाण्डौ । सरकारले थाइल्याण्ड लगायतका देशहरुमा जान चाहाने नेपालीहरुका लागि यात्रा सम्बन्धी सूचना (ट्राभल एभभाइजरी) जारी गरेको छ । थाईल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस लगायतका मुलुकहरुमा विभिन्न प्रलोभनहरु देखाइ जबरजस्ती अवैध कार्यहरु लगाइएको पाइएपछि सरकारले ट्राभल एडभाइजरी जारी गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.