भारतमा आर्थिक वर्ष २०२४ को बजेट आउदै, मोबाइल इमेल र इन्टरनेट सबै बन्द, अर्थ मन्त्रालयमा लाग्यो लकडाउन
काठमाण्डौ। भारतकी अर्थमन्त्री तथा वित्त निर्मला सीतारमणले जुलाई २३ मा मोदी सरकारको तेस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गर्ने छिन्। यससँगै बजेटलाई अन्तिम रुप दिने काम सुरु भएको छ। मंगलबार परम्परागत हलवा समारोहका साथ बजेटलाई अन्तिम रुप दिने प्रक्रिया सुरु भएको हो। प्रत्येक वर्ष बजेट तयारीका लागि तालाबन्दी अघि हलवा समारोह आयोजना गरिन्छ।