कर्फ्यु भोलि बिहान ७ बजेसम्म लम्बियो, हवाई यात्रुलाई विमानस्थलसम्म जान दिइने
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले काठमाण्डौको तीनकुने र आसपासको केही क्षेत्रमा लगाएको कर्फ्युको समयावधि बढाएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत आज अपरान्ह ४ः२५ बजेदेखि राति १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम लागू भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्म कायम हुने भएको हो ।

