चालु आवको २ महिनामा १५% ले बढ्यो रेमिट्यान्स
काठमाण्डौ । चालु आवको २ महिनामा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको छ । यससँर्ग देशमा भित्रिएको रेमिट्यान्स २ खर्ब ६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।

