सरकारले सोध्यो कुलमान घिसिङलाई ७२ घण्टे स्पष्टीकरण, हटाउने अन्तिम तयारी
काठमाण्डौ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई ७२ घण्टे स्पष्टीकरण सोधेको हो । यसअघि पटक पटकको मन्त्रीस्तरीय प्रयास असफल भएपछि सिंगो सरकार नै कुलमानलाई हटाउने प्रक्रियामा अगाडि बढेको हो ।

