इजरायलले २ हजार नेपाली श्रमिकलाई रोजगारी दिने
काठमाण्डौ । दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रुपमा रोजगारी दिन इजरायल सहमत भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोदारले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग गरेको शिष्टाचार भेटमा यस्तो सहमति भएको हो । भेटका क्रममा राजदूत हनान गोदारले इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको बताएका हुन् । हाल छनोटका चरणमा रहेका ५ सय जना मुख्य...