माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको व्यापारिक उत्पादन फागुन मसान्तभित्र सुरु हुने
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन आगामी फागुन मसान्तभित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ ।