कामचोर कर्मचारीमाथि 'सरकारी डण्डा': अब खाजा समय आधा घण्टा मात्र, सेयर कारोबारमा बन्देज लगाइँदै
काठमाण्डौ । सरकारी कर्मचारीको रुपमा कार्यरत रहे पनि खाजा, महत्वपूर्ण बैठक वा यस्तै यस्तै बाहानामा सेवाग्राहीलाई असर पार्ने क्रम तीव्र भएपछि सरकार एक्सनमा उत्रिएको छ । सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो बढ्न थालेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले खाजा खाने समयलाई घटाएर आधा घण्टामा सीमित गरिदिएको छ ।

