उद्योगमा तत्काल बिजुलीको लाइन जोड्न आयोगले दियो निर्देशन
काठमाण्डौ। विद्युत नियमन आयोगले ६ उद्योगमा काटिएको बिजुलीको लाइन तत्काल जोड्न नेपाल विद्युत प्राधिकरणलाई लिखित निर्देशन दिएको छ।आइतबार बसेको आयोगको बैठकले लिखित निर्देशन दिएको हो। आयोगले उपभोक्ता संरक्षण नियमावलीको नियम १० र १३ प्रति विद्युत प्राधिकरणको ध्यानकर्षण गराएको हो।

