काठमाण्डौ । पोखरा लेकसाइडका ८ जना स्पा संचालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा संचालित स्पा सेन्टरमा बालिकाहरुलाई काममा लगाएको आरोपमा ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, सोही स्थानका २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर र पोखरा–१७ का २८ वर्षीय सरोज सुनार रहेका छन् ।
मापदण्ड विपरीत स्पा चलाएर बालिकाहरुलाई कामदार बनाएको छ र स्पा सेन्टरभित्र अवान्छित गतिविधि गर्ने/गराउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

