संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाण्डौ । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ ।
TRENDING
काठमाण्डौ । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । डिजल र हवाई इन्धनको मूल्य घटेको छ ।नेपाल आयल निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी डिजल र हवाई इन्धनको मूल्य घटाएको हो । निगमले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटरमा २ रुपैयाँ घटाउने निर्णय गरेको छ ।
काठमाण्डौ । सरकारले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको मुखैमा अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड संसोधन गरेको छ । अर्थमन्त्रालयले सोमबार साँझ अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ मा दोश्रो संसोधन भएको जानकारी दिएको हो । अर्थ...
काठमाण्डौ । नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले मार्च ३१, २०२५ मा ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ । ‘रुफ अफ द वल्र्ड’भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्मको यो ऐतिहासिक सेड्युल उडान सेवामार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने कम्पनीले जनाएको छ ।...
काठमाण्डौ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष् ामनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा पदोन्नति भएकोमा हार्दिक बधाई व्यक्त गरेको छ ।
काठमाण्डौ । आफ्नै घर होस् भन्ने चाहना सबै ब्यक्तिको हुन्छ । तर उपयुक्त वित्तीय योजना बिना यस्तो सपना पुरा हुन सम्भव भने हुँदैन । सही वित्तीय योजनाको अभावमाले सपना उल्टै आर्थिक बोझ समेत बन्न सक्ने सम्भावना हुन्छ । यहाँ हामी तपाईलाई आफ्नै घर होस् भन्ने सपना साकार पार्न केही फर्मुलाका बारेमा जानकारी दिदैछौं । ५–२०–३०–४० सूत्र घर किन्न वा बनाउन निकै उपयोगी हुन सक्छ । यस...
काठमाण्डौ । नेपाल–म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले मित्रराष्ट्र म्यानमारमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।चेम्बरका अध्यक्ष शिवकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डल सोमबार बिहान ललितपुरस्थित नेपालका लागि म्यानमारको राजदूतावास पुगेर म्यानमार सरकार र जनताप्रति समवेदना व्यक्त गरेको हो। चेम्बरले म्यानमारमा भूकम्पले गराएका...
काठमाण्डौ । म्यानमारको सत्तारुढ सैनिक सरकारले देशमा एक साताको राष्ट्रिय शोकको घोषणा गरेको छ । म्यानमारमा मार्च २८ मा गएको शक्तिशाली भूकम्पमा १७ सयभन्दा बढीको ज्यान गएको छ ।
काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।शुक्रबार सभमुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रष्पिक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बिचको छलफलबाट यो सहमति जुटेको हो ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट...
काठमाण्डौ । इस्लाम धर्मावलम्बीहरूले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो । यो बिहान प्रार्थना सँगै सुरु हुन्छ । मस्जिदमा जाँदा नयाँ लुगा लगाएर जाने चलन छ। त्यसैगरी गुलियो खानेकुरा, खजुर वा...
काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौले तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शनमा दोषी भनी पक्राउ गरिएका राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले राणा र मिश्रसहित ११ जनालाई थप ५ दिन हिरासमा राखी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको हो ।
काठमाण्डौ। नेपाल कुरियर सेवासंघ (कोसान)ले तिनकुने क्षेत्रमा राजावादी समुहले आयोजना गरेको विरोध कार्यक्रमको क्रममा भएको ढुङ्गामुढा तथा आगजनीमा परि ३ वटा कुरियर कम्पनीहरुमा भएको क्षतीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।संघले आज एक विज्ञप्ति जारी गर्दै सबै निति नियमको परिपालना गरि सञ्चालनमा रहेको कुरियर व्यवसायीप्रति देखिएको यस किसिमको गतिविधिप्रति घोर विरोध गरेको...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं संचारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भिर आपत्ति जनाएको छ । काठमाण्डौको बानेश्वर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बर अफ कमर्सले गम्भिर आपत्ति जनाएको हो । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत शुक्रबार...
काठमाण्डौ । प्रहरीको खोजी सूचीमा रहेका राजावादी आन्लोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू कतैपनि नभागेको र काठमाण्डौमै रहेको बताएका छन् । प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि ज्यान जोगाउन गत शुक्रबार प्रहरी घेरा तोडेर भागेको बताएका छन् ।
काठमाण्डौ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा हालसम्म भएका कामकारबाहीलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश शारङ्गा सुवेदीको गत चैत १३ गतेइजलासले यस्तो आदेश दिएको हो । तर उक्त आदेश आइतबार सार्वजनिक गरिएको छ । यस्तै उक्त इजलासले छलफलका लागि आगामी चैत २६ गते दुवै पक्षलाई बोलाउन समेत आदेश दिएको छ ।
काठमाण्डौ । गत शुक्रबार राजावादीको आन्दोलनका क्रममा भएको निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यवसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुखद् भएको नेपाल उद्योग परिसंघले जनाएको छ । परिसंघले एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेशा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी,...
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले काठमाण्डौको तीनकुने र आसपासको केही क्षेत्रमा लगाएको कर्फ्यु शनिवार बिहानदेखि स्थगन गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम लागू कर्फ्यु आदेश शनिवार बिहान ७ बजेदेखि स्थगन भएको जनाएको हो ।
काठमाण्डौ । सरकारले राजावादी आन्दोलनको अगुवाई गर्ने तथा शुक्रबार तीनकुनेको प्रदर्शनमा सक्रिय सहभागिता जनाउने नेताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । यो क्रममा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ ।
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले काठमाण्डौको तीनकुने र आसपासको केही क्षेत्रमा लगाएको कर्फ्युको समयावधि बढाएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत आज अपरान्ह ४ः२५ बजेदेखि राति १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम लागू भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्म कायम हुने भएको हो ।
काठमाण्डौ । राजावादी आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाईं प्रहरीको आँखा छलेर एकाएक सम्पर्कविहीन भएका छन् । उनको नेतृत्व शुक्रबार काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । सो क्रममा प्रहरीको गोली लागी एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो भने तीनकुनेको घरमा भएको आगलागीमा फोटो पत्रकार सुरेश रजक मारिएका थिए । दर्जनौ घाइते भएका छन् । केहीको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.