एकघण्टामै करिब ९ अर्बको कारोबार, आज फेरि नयाँ रेकर्ड बन्ने सम्भावना
काठमाण्डौ । आज पनि सेयर बजारले कारोबार रकममा नयाँ रेकर्ड बनाउने संकेत देखिएको छ । सोमबार(आज) कारोबारको एकघण्टाभित्रै करिब ९ अर्बको सेयर किनबेच भइसकेको छ । किनबेचको यो तीव्रता बजार बन्द हुँदासम्म जारी रहे आज कारोबार रकम ३० अर्ब माथि पुग्ने देखिएको छ ।