हाथवे इन्भेष्टमेन्ट ७.५० करोड नाफा आर्जन गर्न सफल,आम्दानीमा ८९% को वृद्धि
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड २२ लाख रुपैयाँ घाटामा रहेको थियो । कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ४३ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८९.२० प्रतिशतले बढी हो । कम्पनीको कुल खर्च घटेको छ ।...