नेप्सेमा झिनो गिरावट,जानकार भन्छन्,‘आईपीओ निष्कासनले अझै पर्न सक्छ दवाब’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात २.७३ अंकले घटेर २००४.०५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०९ प्रतिशतले घटेर ३५५.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर ३ अर्ब ३ करोड ७२...