कालिका लघुवित्तको नाफा १३४% ले बढ्यो, वितरणयोग्य मुनाफा र ईपीएस कति ?
काठमाण्डौ । कालिका लघुवित्तले नाफा १३४.८८ प्रतिशतले बढेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १ करोड ७९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि ४६.१० प्रतिशतले बढेर १७ करोड ८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो रकम ११ करोड ६९ लाख रुपैयाँ थियो ।...