प्रिओपन सेसनमै नेप्सेमा उछाल, लगानीकर्तामा उच्च मनोबल
काठमाण्डौ । नेप्से परिसूचक प्रिओपन सेसनमै उच्च अंकले बढेको छ । आजको प्रिओपन सेसनमा नेप्से परिसूचक ३२.७० अंकले बढेको हो । यो अवधिमा कारोबारमा आएकामध्ये १२७ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ । यो अवधिमा ४ करोड १० लाख बढीको कारोबार भएको छ ।