होन्डाको सेयरमूल्य १६ वर्षकै उच्च वृद्धितर्फ उन्मुख, सेयर बाईब्याक र मर्जर मुख्य कारण
काठमाण्डौ । जापानको अटो निर्माता कम्पनी, होन्डाको सेयरमूल्य विगत १६ वर्षकै सर्वाधिक वृद्धितर्फ उन्मुख भएको छ । निसान र मित्सुविसीसँगको मर्जर प्रक्रिया र सेयर बाईब्याक गर्ने निर्णयले कम्पनीको सेयरमूल्यमा एकैदिन उछाल आएको हो । पछिल्लो कारोबारमा होन्डाको सेयरमूल्य १५.५१ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको सेयरमूल्य सन् २००८ अक्टोबरपछि कै उच्च वृद्धितर्फ लम्केको छ ।...