१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.११ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक भने ०.०३ प्रतिशतले...