नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ८ गतेदेखि १४ गतेसम्म १ः०.२५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २५ हजार २६१।३५ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो । जसमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर रहेको छ...